चेल्सी र एस्टन भिल्लाको सहज जित

एजेन्सी

आइतबार, २२ फागुन २०७८, ०८ : ३४
चेल्सी र एस्टन भिल्लाको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन्  ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक -एक गोल गरे ।

जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा  छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा  छ ।  अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले हरायो ।

ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस