काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त

एजेन्सी

विहीबार, १० पुस २०८२, ०७ : २३
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त

एजेन्सी । काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने भएका छन् । रोचक खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टीमार्फत् हराउँदै आर्सनलले चेल्सीसँगको भेट पक्का गरेको हो ।

बुधबार भएको खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । खेलको ८० औं मिनेटमा आर्सनलले अग्रता लिएको उक्त भिडन्तमा इन्जुरी समयमा गोल गर्दै प्यालेसले पुनरागमन गरेको थियो ।

निर्धारित समयजस्तै प्रतिस्पर्धात्मक बनेको पेनाल्टी सुटआउटमा प्यालेस चुकेको हो । प्यालेसका म्याक्सेन्स लाक्रेयले प्रहार गरेको पेनाल्टी आर्सनलका गोल किपरले बचाएपछि जित निश्चत भएको हो ।

प्रतिक्रिया दिनुहोस