काठमाडौं । संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।
यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।
त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ । यस्तै, एक महिनामा लाखौं रोजगारीको अवसर सृजना हुनु अमेरिकी अर्थतन्त्रका लागि सुखद विषय भएको समेत सीएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण