ढुवानी भाडा बढाउनु पर्ने माग गर्दै देशैभरीका ट्रक व्यवसायीले थाले आन्दोलन

श्रीमतीको गहना धितो राखेर बैकमा किस्ता तिर्नु पर्ने बाध्यता

प्रकाश सिग्देल

शनिबार, २१ फागुन २०७८, १३ : ५३
ढुवानी भाडा बढाउनु पर्ने माग गर्दै देशैभरीका ट्रक व्यवसायीले थाले आन्दोलन

 

 चितवन । ट्रक ब्यवसायीहरुले पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्धिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । सरकारले पटक पटक डिजेलको मुल्य बृद्धि गरेको तर बिगत ६ वर्ष  देखि ढुवानी भाडा नबढाएको भन्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धिसंगै ढुवानी भाडा पनि बढाउनु पर्ने माग उनीहरुको छ । शनिबार देशभरका १०० बढी ब्यवसायीहरुले रामनगरमा केही बेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका हुनु । विरोधका कारण नेपाली सेनाका सवारी साधन समेत केहीबेर रोकिन पुगेका थिए ।  एक हप्ता भित्र सरकारले ढुवानी भाडा नबढाए देशैभरीका ट्रकहरु १० दिन घरमा थन्काएर आन्दोलन गर्ने ब्यवसायीहरुले चेतावनी दिएका छन् । त्यति गर्दा पनि नभए देशैभरिका ट्रकहरु सडकमा ल्याएर सबै राजमार्ग बन्द गर्ने र राजमार्गमै अनसन बस्ने धादिङका ब्यवसायी मनोज केसीले बताए् । बैकमा किस्ता तिर्न नकस्दा श्रीमतीको गहना धितो राखेर बैकलाई पैसा बुझाउनु परेको उनले दुखेसो गरे ।  

अहिले सम्म भैरहवा र बिरगन्जदेखि काठमाण्डौ सम्मको १० टनको २५ हजार भाडा कायम रहेको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसंगै १० टनको २८ हजार हुनु पर्ने माग ब्यवसायीले गरेका छन् । एउटा १२ चक्के गाडीले २१ टन बोक्ने गरेको छ ।

आफुहरुले राज्यको नीतिनियम बिपरित कहिल्यै पनि बढि शुल्क लिएर ढुवानी नगरेको,आफुहरु राज्यको नियमअनुसारनै सन्चालन गरिराखेको बताए । तर अव राज्यले भाडा दर नबढाए आफुहरु  सरकारको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाई छ ।

 भारतीय मालबाहक सवारी साधन भन्सारमा पल्टी नगरी सिधै नेपालको काठमाण्डौ सहित अन्य सहरमा प्रवेश दिदाँ त्यसले नेपाली ढुवानी ब्यवसायी ठुलो मारमा परेको नवलपुरका ब्यवसायी गणेश सिहं ठकुरीले बताए ।

 

पेट्रोलियम पदार्थको मुल्य बढेको बढेकै गर्ने तर ढुवानी भाडा नबढ्दा आफुहरु ब्यवसायबाटै पलाएर भएर खाडी जानुपर्ने बाध्यता भएको उनको दुखेसो छ । भारतीय मालबाहक ट्रकहरुले क्षमता भन्दा कयौ टन बढी सामान बोकेर आउँदा पनि १५ सयको चिट काटेकै भरमा मनलाग्दी गर्ने भारतीय सवारी साधनलाई राज्यले छुट दिएको ब्यवसायीको  गुनासो छ ।

भारतीय ट्रकहरुले ५० टन सम्म सामान बोकेर आउने र ३ वटा सम्म डिजेल  टंकी राखेर नेपाली डिजेल भरेर भारत जाने गरेकाले पनि नेपालले पेट्रोलियम पदार्थमा घाटा बेहोरेको ठकुरीले बताए ।  भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुने भएकाले नेपाल आउने सबै भारतीय मालबाहक सवारीले ३ वटा सम्म टंकी हालेर आउने र डिजेल भरेर जाने गर्दा पनि नेपाल सरकारले यसलाई रोक्न नसकेको उनको भनाई छ ।

 राज्यले ढुवानी भाडा नबढाउँदा आफुहरुले बैकंमा किस्ता समेत तिर्न नसक्ने अवस्था भएकोे व्यवसायी पवन महतोले बताए ।  देशमै केही गर्नुपर्छ भनेर घर जग्गा धितो राखेर ट्रक खरिद गरेर व्यवसाय  थालेपनि सरकारले आफुहरुको समस्या नबुझदा देशभरका हजारौ व्यवसायी मारमा परेको उनको दुखेसो छ । नेपालको सडकमा दैनिक ५ हजार बढी ट्रकहरु गुड्ने  र त्यो मध्य ३० प्रतिशत ट्रक भारतीय भएकाले भारतीय ट्रकको सिधै नेपाल प्रबेश रोक्नु पर्ने पनि व्यवसायीले माग गरेका छन् । ५० टन बढी माल बोकेर आउने ओभरलोड ट्रकका कारण नेपालको सडक भत्किने र बाटोमा ति ट्रक बिग्रर्दा सडकजामको पनि समस्या खेप्न नेपाली सवारी साधन र यात्रुहरु बाध्य भएको व्यवसायी ठकुरी बताउँछन् । काठमाण्डौमा व्यवस्थीत पाकिर्ङ र ट्रक रोक्ने ठाउँ समेत नहुदाँ आफुहरुले अनाहकमा ट्राफिकलाई जरिवना तिर्न पर्ने बाध्यतामा परेको समेत उनले बताए ।

व्यवसायीहरुले देशैभरिका ट्रक  व्यवसायीलाई आ आफनो ठाउँबाट संगठित भई आवाज उठाउन आग्रह गरेका छन् । 

फोटो फिचर 

  62231c7517138.JPG 62231d8939e66.JPG 62231d95822ca.png

प्रतिक्रिया दिनुहोस