काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले बन्धनमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् ।
‘यो हृदयविदारक खबरले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’ : प्रधानमन्त्री कार्की
‘महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ’ : प्रधानमन्त्री कार्की
जेन जि मुभमेन्ट अलाएन्सले दियो प्रधानमन्त्री कार्कीलाई धन्यवाद
प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन
प्रधानमन्त्री कार्कीद्वारा कतारका समकक्षीसँग टेलिफोन वार्ता
प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान