धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १५ : ३२
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ। धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । 

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी-७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस