कठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् ।
सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको आज अनसन तोडाउँदै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
सरकार फेरिए पनि कतिपयमा अझै पनि सरकारमै रहेको जस्तो व्यवहार देखिएको भन्दै उनले त्यो विकृति हटाउन क्रियाशील रहेको बताए ।
‘सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,’ मन्त्री अर्यालले भने, ‘त्यो विकृत हो, त्यो रोग हो । त्यो रोगको ट्रिटमेन्ट अर्गानिक–वे (मौलिक तरिका)मा गरिरहेका छौं हामी ।’
उनले थपे, ‘सरकारको पो नयाँ पाउनुभयो । अरु बाँकी सत्ता कसको छ अहिले पनि ? के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् उनीहरूले ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल