सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार बिरोध सभा

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, २० : ४३
सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार बिरोध सभा

काठमाडौं । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् । 

गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ । यसबैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका छन् । 

सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन् । सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको ११ दलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।   

एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको बिरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरुको ठहर छ । 

आन्दोलनको घोषणा गर्नेहरुमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तरानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस