काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २६ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।
नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।
बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ ।
यसैगरी सिभिल बैंकको सेयर मूल्य २।८ रुपैयाँले बढेर २२६।३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार