काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९२, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता २० र अन्य सवारी नियम पालना नगरेका एक हजार ८१० जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ बैशाख २०८३, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन