ब्रिटिस गोरखा सैनिकका समस्या समाधानका लागि समिति गठन

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १४ : ५६
ब्रिटिस गोरखा सैनिकका समस्या समाधानका लागि समिति गठन

काठमाडौ । सरकारले भुपू ब्रिटिस गोरखा सैनिकको समस्या समाधानका लागि वार्ता समिति बनाएको छ । सरकारले बेलायतका लागि नेपाली राजदूतको नेतृत्वमा समिति बनाएको हो ।

बुधबार सकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिए ।

ुभूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका मागहरूका बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्नका लागि संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गर्ने उनले भने । 

प्रतिक्रिया दिनुहोस