विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १४ : ५२
विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त

काठमाडौ । विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त भएका छन् । उनलाई मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय भएको बताए । न्यायाधीश  पौडेल उच्च अदालत पाटनमा दरबन्दी भई हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा थिए ।

सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारू नियुक्त भएको उनको भनाइ छ ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा गत बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस