प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १४ : ४०
प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । 

एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।  

प्रतिक्रिया दिनुहोस