१७ दिनपछि महाभियोग प्रकरणमा माधव नेपालको खुलासा

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १५ : २१
१७ दिनपछि महाभियोग प्रकरणमा माधव नेपालको खुलासा


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा गरेका छन् । उनले चोलेन्द्रको नामै नलिइ फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए । 
उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए । 
‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरु एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो’, मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्यो । सूचना हामीकहाँ पठाउने पठाउने छन् कि ।’
उनले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलतबाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे । उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए ।  
फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो । सो महाभियोगसम्बन्धी विषय अहिले संसदमा विचाराधीन अवस्थामा छ । 


नेकपा एकीर्कत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले उनको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ ।
उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा  ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देशशक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । 
एमसीसीमाथि आशंका खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरुको पनि दोष रहेको बताए । 
यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए । 
ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने सोच रहेको आरोप लगाए । 
एमसीसीमा समर्थन छ पनि भन्ने अनि समामुखलाई निकाल। त्यो पार्टीको दर्ता खारेज गर । ५ दलीय गठबन्धन तोड । हामीलाई मुख्ष्मन्त्री देउ भनेको मान्छे मन्त्री बनाइदेउ भन्ने छ । 
उहाँले जारी दुई देशबीचको सम्बन्धको कुरा हो । अनेक विभिन्न कारणले विवाद सिर्जना गरिए । ओली सरकारका मन्त्रीहरुको कारण हो । आईपीएसको कुरा जोडिएपछि समस्या खडा भयो । केपी ओलीका मन्त्रीहरुले विभिन्न ठाउँमा आईपीएसका सन्दर्भमा चर्चा पनि गरेका थिए । नेपाल जनता सडकमा नउत्रिएको भए र पार्टी संघर्षमा नआएको भए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको संसदमा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतंकित भएको बताएका छन् । आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसदमा तमासा देखाउँदै आएको उनको भनाइ छ । 
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी कानुन सम्मत रुपमा आयोगमा दर्ता भएर संसदमा आएको बताए । तर पार्टीकै उपस्थितिले एमाले अतंकित भएको उनले दोहोर्याए । 
उनले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तामासा देखाएको आरोप लगाए । 
‘एमालेले एमसीसीमा अन्त्यमा न समर्थन न विरोध ग्यो । एउटा तमासाको स्थिति बन्यो । जसले एमसीसी अघि बढाउन सारा कुरा गर्यो । उ मुकर्दशक भयो’, उनले भने, ‘ यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट अतंकित भएर । सांसदहरुको उपस्थितिबाट बिचलित भएर । हामी वैधानिक रुपमा स्थापित भएको पार्टी हो ।’


नेकपा एकीकृत समाजवादीले एमसीसीबारे ब्याख्यात्मक घोषणा नभएको भए हुबहु पारित हुने अवस्था रहेको बताएको छ । पार्टीको अडानकै कारण एमसीसीबारे ब्याख्यात्मक घोषणासहित पारित गर्न सफल भइरहेको सो पार्टीको भनाइ छ । 
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘ब्याख्यात्मक घोषणा नगरेको भए जस्ताको तस्तै पास हुन्थ्यो । पार्टीले लिएको अडानको सफलता ब्याख्यात्मक घोषणा हो ।’ 

प्रतिक्रिया दिनुहोस