हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र चुड्की बजाएर समाप्त पार्‍यौं – माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १५ : १५
हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र चुड्की बजाएर समाप्त पार्‍यौं – माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरे । तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको उनको भनाइ छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताए ।  

प्रतिक्रिया दिनुहोस