एमसीसीको पक्षमा उभियो एमाले

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १४ : ५५
एमसीसीको पक्षमा उभियो एमाले

काठमाडौं । नेकपा एमालेले संसदबाट अनुमोदित एमसीसी सम्झौताको संसदीय अनुमोदनको समर्थन गरेको छ । आज यस सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यक्षरुपमा एमसीसी अनुमोदनको समर्थन गरेका छन् ।

एमालेले व्याख्यात्मक टिप्पणीसहित एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई भने सत्ता गठबन्धनका दलहरुको ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । 

पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको  प्रदीप ज्ञवालीले बताए ।  यसपटक पनि एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको प्रदीप ज्ञवालीको आरोप छ ।उनले एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा प्रयोग गरेको टिप्पणी गरे  ।
  621de438e1072.png 621de43e719ce.png 621de4435e55d.png 621de44782ecb.png

प्रतिक्रिया दिनुहोस