'म यस्तो गीत गाउँछु २’ ले कमायो दुई दिनमा १ करोड ८० लाख

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १५ : २५
'म यस्तो गीत गाउँछु २’ ले कमायो दुई दिनमा १ करोड ८० लाख

काठमाडौं । शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको छ । चलचित्रकी निर्मात्रीसमेत रहेकी नायिका पूजा शर्माले शुक्रबार र शनिबार गरेर चलचित्रले १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको दाबी गरिन् ।

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन् ।

सुर्दशन थापाद्वारा निर्देशित चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भुमिका रहेको छ । निर्देशक थापा र नायिका शर्माको संयुक्त लगानीमा बनेको चलचित्रमा स्वयं थापाकै कथा छ ।

 

प्रतिक्रिया दिनुहोस