एजेन्सी । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।
रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्यान गएको बताएका छन् ।
आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृत्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन । किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्याङ लागेर अन्य १४ जना घाइते भएका छन् ।
अर्को छुट्टै घटनामा शनिबार साँझ सोही गाउँमा खेतबारी गर्ने क्रममा चट्याङ लागेर एक पुरुष र उनको छोराको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ फागुन २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु