भरतपुर महानगरले बाड्यो ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद छात्रबृति

महानगरको कुल बजेटको १५ प्रतिशत रकम शिक्षामा लगानी

प्रकाश सिग्देल

आइतबार, १५ फागुन २०७८, १७ : ०१
भरतपुर महानगरले बाड्यो ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद छात्रबृति

चितवन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ ।  महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।

भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए ।

महानगर प्रमुख रेनु दाहाल उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ बिद्यालयका २४० बिद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो ।लोपउन्मुख तथा अति सिमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उदेश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रबृत्ति दिएको छ ।

चेपाङंका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रबृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियान्ता तथा अभिभावक रामलाल प्रजाले बताए ।

यति धेरै बिद्यार्थीका लागि यति ठुलो रकम सहयोग गर्ने स्थानिय तह भरतपुर महानगर नेपालकै पहिलो स्थानिय तह भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । यहाँका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीको प्रयासका बाबजुत यो कामले सार्थकता पाएको पौडेल बताउँछन् ।  महानगरले शिक्षको विकासका लागि महानगरको कुल बजेट बाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको उनले जानकारी दिए ।  

भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । विकट मानिएको वडा नम्वर २९ को पहाडका बिद्यालय देखि महानगरका अरु वडाका सबै बिद्यालयका बिद्यार्थीका लागि आबस्यक्ताका आधारमा शैक्षिक बिकास गरेको उनको भनाई छ ।
बिद्यालयको भैतिक पुर्वाधार विकास , पाठ्य सामाग्रीको प्रर्वदन देखी बिद्यार्थीका लागि छात्रबृति, दिवा खाजा कायक्रम, स्कुल बस बितरण, साईकल बितरण लगाएत अरु धेरै भौतिक तथा आर्थीक सहयोग गरेको दाहालको भनाई छ ।  

आफुहरुले महानगर भित्रको शिक्षाको विकासमा सुरुका चरण देखिनै बिशेष अभियान थालेको र त्यसले विस्तारै पुर्णत पाउदै गएको बताईन् । अहिले सरकारी बिद्यालयमा बिद्यार्र्थी भर्ना हुने क्रम बढेको र सरकारी बिद्यालयको शिक्षाको गुणस्तर धेरै बिकास भएको शाहको भनाई छ । बिपन्न समुदायका बिद्यार्थीको हितमा महानगर निरन्तर लागिरहेको उनले बताईन् ।महानगरले लक्ष्मी माध्यामिक बिद्यालय, जन ज्योती मा बि,बालकुमारी कन्या मा र रामनगर माबिमा कार्यक्रम गरि ११ बिद्यालयका बिद्यार्थी लाई नगद प्रदान गरेको हो ।  

 

 

प्रतिक्रिया दिनुहोस