काठमाडौं। प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।
नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए । उनीपछि एमाले सांसद भीम रावलले बोलिरहेका छन् । उनले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड