झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च‍ सुरक्षा

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १२ : ५०
झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च‍ सुरक्षा

काठमाडौं । सत्ता गठबन्धनको बैठकले एमसिसी आजैको संसद् बैठकबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्‍यवस्था कडा बनाइएको छ।

एमसिसीको विरोध तथा समर्थन गर्ने विभिन्न राजनीतिक दलहरू तथा प्रदर्शनकारीबाट हुने सम्भावित झडपलाई रोक्न ठूलो मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ। त्यसैगरी,  झडप र घाइते भएमा प्राथमिक उपचारका लागि रेडक्रसका गाडी र स्वास्थ्यकर्मीसमेत तयारी अवस्थामा राखिएको छ।
 

प्रतिक्रिया दिनुहोस