पल शाहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १२ : ३५
पल शाहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । अभिनेता पल शाहले प्रहरी्समक्ष आत्मसमर्पण गरेका छन् । यौन दुराचारको आरोप लागेका अभिनेता शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन् । 

एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार बिहान मात्र प्रहरीसामु उपस्थित हुने बताएका थिए ।

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै  उनले क्षमा याचनासमेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस