हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ११ : ०५
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३६ पैसा र बिक्री दर १३५ रुपैयाँ तिन पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७८ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७५ पैसा र बिक्री दर १३० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ  ९६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ तीन पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया तिन  पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१  पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस