काठमाडौं । दाङमा प्रतिबन्धित वन्यजन्तु रेडपान्डाकाे छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले राप्ती गाउँपालिका-१ स्थित भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाकाे सुनिल स्मृति गाउँपालिका-७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका-७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाो छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध