काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।
उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ ।
यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै