काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।
उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ ।
यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता