काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठकमा पक्ष विपक्षमा चर्काचर्की भएको छ । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका छन् भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका छन् । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।
बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरुले पुराना कुराहरु कोट्याई रहेका छन्, एकले अर्कालाई गल्ती देखाइरहेका छन्, विगतमा मैले यस्तो गरेँ, फलानोले उस्तो गर्यो भन्ने जस्ता कुराहरु भइरहेका छन्, बैठक एजेण्डामा अझै प्रवेश गरेको छैन ।’ बैठकको एजेण्डा एमसीसी, स्थानीय तहको चुनाव, पार्टी समायोजन, कार्यविभाजन लगायतको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत