त्रिविमा बेथितिको चांङ

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, ११ : २१
त्रिविमा बेथितिको चांङ


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा पछिल्लो पटक ताला लागेको एक महिना बढी भएको छ । प्रधानमन्त्री स्वयं कुलपति रहेको देशकै ठूलो विश्वविद्यालयको केन्द्रीय कार्यालयमा महिना दिनअघि भएको तालाबन्दी अझै खुल्ने सुरसार छैन ।

पछिल्लो समय त्रिविमा विभिन्न राजनीतिक दलको आवरणमा विद्यार्थी, प्राध्यापक, कर्मचारी संघरसंगठनले आफ्नो स्वार्थपूर्तिका लागि आन्दोलन गर्ने र माग पूरा नभए तालाबन्दी गर्ने गरेका छन् । यी ‘आन्दोलन’ र ‘माग’ भित्र शैक्षिक मुद्दा कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ । खुलेआम दलीय भागबन्डाको मागमा केन्द्रित आन्दोलन र तालाबन्दीका घटना २०६२र६३ पछि तीव्र रूपमा बढेको देखिन्छ ।६२ आंगिक र एक हजार ४६ सम्बन्धन कलेजमा गरेर ४ लाख २६ हजार विद्यार्थी पढिरहेको देशको ठूलो विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दलीय भागबन्डाको माग राखेर तालाबन्दी हुनु र त्यसको समाधान खोज्न कोही अग्रसर नहुनुले के संकेत गर्छ ।कतिपय जानकारको भनाइमा, ‘मुलुकको सुशासन प्रणाली हदैसम्म लथालिङ्ग भएको देख्न सकिने एउटा उदाहरण हो यो । यो शैक्षिक क्षेत्रमा देखिएको सामान्य असन्तोषको विषय मात्रै होइन, मुलुकका राष्ट्रिय संस्थाहरू भित्रभित्रै कुन हदसम्म मक्किइसकेका छन् भनेर देख्न सकिने उदाहरण पनि हो ।’

अहिले तालाबन्दी गर्नेहरूमा नेपाली कांग्रेस सम्बद्ध नेविसंघका चार समूहमध्ये कृष्ण सिटौला निकट हरि आचार्य समूह एक हो । यो समूहले ६ माघ २०७८ देखि तालाबन्दी गरिरहेको छ । जनकपुरको निजी क्याम्पसलाई बीसीए कार्यक्रम सञ्चालन अनुमति दिंदा ‘घुस मागेको’ अपुष्ट आरोपका आधारमा पदाधिकारीको राजिनामा मागेर तालाबन्दी गरिएको छ । त्यही तालामाथि २३ माघदेखि आंशिक प्राध्यापकहरूले ‘अघिल्लो आन्दोलनको क्रममा भएको सम्झौता कार्यान्वयन नभएको’ भन्दै तत्काल सम्झौता कार्यान्वयन गर्न अर्को ताला थप गरेका छन् ।

विद्यार्थी संगठनले गरेको तालाबन्दीको विषयलाई लिएर त्रिविले १० माघमा उच्चस्तरीय छानबिन समति गठन गरी छानबिनको प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । त्रिवि प्रशासनले आंशिक प्राध्यापकलाई सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र २०७४ सालमा नेपाल सरकारले स्वीकृत गरेको एक हजार ४८० दरबन्दीलाई आवश्यक पर्ने आर्थिक स्रोतका लागि सरकारसँग निरन्तर पहल गर्ने जनाएको छ ।यी दुई पक्षले उठाएको माग त्रिवि प्रशासनले सम्बोधन गरे पनि तालाबन्दी नखुलेपछि पदाधिकारीले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सह(कुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेट गरे । उनीहरूले तालाबन्दी खोल्न र सदाका लागि यो प्रवृत्ति अन्त्य गर्न पहल गरिदिन आग्रह गरे । तर अहिलेसम्म पनि त्रिविको तालाबन्दी खुल्न सकेको छैन ।

एक महिनाअघि त्रिवि पदाधिकारीसँग भेट गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी तत्काल खोल्न निर्देशन दिए । तर, चार हप्ता भइसक्दा पनि ताला खोलिएको छैन । एकजना प्राध्यापकका भनाइमा दलीय बेथिति कतिसम्म फैलियो भने ‘यो कांग्रेसभित्रकै अर्को गुटले गरेको तालाबन्दी भएकोले प्रधानमन्त्रीले खोल्न निर्देशन दिए पनि अझैसम्म खुल्न सकेको छैन ।’ यसले देखाउँछ त्रिविभित्र कुन हदसम्म दलीय मात्रै होइन गुटगत राजनीति झांगिएको छ ।यी र यस्ता स्वार्थ समूहका कारण वर्तमान पदाधिकारीले कार्यभार सम्हालेको २८ महिनामा त्रिविले १८२ सोमबारसम्म दिन तालाबन्दी खेपेको छ ।