रुसी हमलामा १३७को मृत्यु

एजेन्सी

शुक्रबार, १३ फागुन २०७८, ०८ : ५१
रुसी हमलामा १३७को मृत्यु

एजेन्सी । रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ ।

रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।  मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् । 

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस