काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाव बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्न र सरकारबाट नबाहिरिने प्रस्ताव गरे । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उनले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरे । एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकीरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेका छन् ।
एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने हो भने माओवादीबाट मन्त्री भएकालाई बर्खास्त गर्ने चेतावनी प्रचण्डलाई प्रधानमन्त्री देउवाले दिएको स्रोतको भनाइ छ ।
‘तपाईंहरू एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाले भनेको उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदी एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाइँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु ।’
यसअघि बुधबार प्रधानमन्त्रीको सूचना लिएर खुलमटार पुगेका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहने बताएका थिए । यसपछि गृहमन्त्री खाँण एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
बुधबार गृहमन्त्री खाँणमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशअनुसार नै बिहीबार देउवासँग प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका हुन् । यसैबीच, बिहीबार अपरान्ह प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेता र अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
एमसीसीमाथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड