विदेशी मुद्राको आजको विनिमय दर, कुन देशको कति ?

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : १४
विदेशी मुद्राको आजको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले  बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १५ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९१ पैसा र बिक्री दर १६२ रुपैयाँ ७३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ४७ पैसा र बिक्री दर ८६ रुपैयाँ ९१ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैँया ७२  पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस