अडियो सार्वजनिक गर्दै अभिनेता पल शाहले भने– ‘मलाई सुनियोजित ढंगले फसाउन खोजियो, गलत भए कानुन अनुसार सजाय भोग्न तयार’

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ०९ : २२
अडियो सार्वजनिक गर्दै अभिनेता पल शाहले भने– ‘मलाई सुनियोजित ढंगले फसाउन खोजियो, गलत भए कानुन अनुसार सजाय भोग्न तयार’

काठमाडौँ । नाबालिग गायिका माथि जर्बजस्ती बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेका अभिनेता पल शाहले आफूलाई जालसाजी गरेर फसाइएको बताएका छन्। अभिनेता शाहले आफ्नो फेसबुकमार्फत केही व्यक्तिको अडियो क्लिप सार्वजनिक गर्दै आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरी फसाउन खोजेको बताएका छन् । 

उनले फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘ केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’

उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको स्पष्टीकरण उल्लेख गरेका छन् ।

गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै पलले दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईको नाम समेत उल्लेख गरेका छन्।

पलले ५ वटा अडियो क्लिप सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई यो कुरा ठीक र बेठीक भएको छुट्याउन आग्रह गरेका छन्। उनले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन्।

https://www.facebook.com/IAmPaulShah/posts/497864438365939

 

प्रतिक्रिया दिनुहोस