अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ०८ : ३८
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग खेपेका अभिनेता पल शाहलाई खोज्न प्रहरी परिचालन गरिएको छ । 

१७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक बलात्कार गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गराएकी थिइन् । त्यससँगै प्रहरीले अनुसन्धान पनि तीब्र बनाएको छ । 

बलात्कार जस्तो जघन्य मुद्दामा जाहेरी परेसँगै शाह पक्राउ पर्ने निश्चित छ । केही महिनाअघिदेखि नै शाह र ती गायिकाबीचको सम्बन्धको खबर बाहिरिएका थिए । बीचमा मिलापत्रका कुराहरु बाहिर आएपनि अन्ततः पीडित भनिएकी गायिका प्रहरीसम्म पुगेकी हुन् । पल शाहमाथिको अभियोग पुष्टि भए कानुनअनुसार १० देखि १२ वर्ष कैद सजाय हुने छ ।

प्रतिक्रिया दिनुहोस