काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले यही फागुन ५ गते पार्टी दर्ताको लागि आव्हान गरेको थियो । सोही अनुसार नयाँ पार्टी आयोगमा दर्ता भएका हुन् ।
दर्ता भएका नयाँ पार्टीमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । ‘आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज