काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.४ अंकले घटेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय १८ दशमलव ५१ अंकमा पुगेको हो । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ ।
सोमबार नेप्से परिसूचकमा सुधार आएपनि कारोबार रकम भने आइतबारको भन्दा पनि घटेको छ । आइतबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब पनि पुगेन । दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !