काठमाडौं । सरकार आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागेको छ । यहीँक्रममा आज प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नेछन् । आज प्रधानमन्त्री ओलीले यस्तो छलफल गर्दैछन् ।
नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । संविधान अनुसार जेठ १५ गते बजेट पेश गर्नुपर्छ । त्यसभन्दा १५ दिन अगाडि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने चलन छ । संसदको बजेट अविबेशन शुरु भैसकेको छ । चुनावी घोषणापत्रमा विभिन्न आर्कषक नारा अगाडि सारेको एमाले माओवादी गठबन्धनले नयाँ आर्थिक बर्षका लागि कस्ता नीति तथा कार्यक्रम ल्याउने हो भन्ने सवैमा चासो छ ।

प्रतिक्रिया दिनुहोस