काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् । १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।
अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ फागुन २०७८, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा