एजेन्सी । अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् ।
उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो । क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् ।
टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् ।
आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ फागुन २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले फेरे ट्विटरको लोगो
एलन मस्कले भने- ट्वीटरको कमाइ आधाले घट्यो
एलन मस्क फेरी भए बिश्वको धनी ब्यक्ति
मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी, अब महिलालाई सीईओ बनाइने
एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति
ट्वीटरको सीईओबाट किन राजीनामा दिँदैछन् एलन मस्क ?