निर्वाचन आयोगको यी १० निर्णय

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १९ : ०९
निर्वाचन आयोगको यी १० निर्णय

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति विभिन्न १० वटा निर्णय गरेको छ ।

त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरेको छ । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०६ पुगेको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि आयोगले जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।

उक्त निर्देशिकामा सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको  आयोगले जनाएको छ । त्यस्तै मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाएको पनि आयोगले जनाएको छ ।

मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेसन स्वीकृत गरेको आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्यायपरिषदसँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरेको छ । त्यसका लागि आगामी फागुन १५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ ।

त्यस्तै कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ भित्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि,२०७८ तयार गरी सहमतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाएको आयोगले निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको छ ।

आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ । निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गर्न पनि आयोगले सबैलाई आग्रह गर्दै उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरेको जनाएको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा फागुन ४ गते छलफल गरेको छ । छलफलमा गरेको जनाएको छ । उक्त छलफलमा विभिन्न २० वटा कुटनीतिक नियोगहरू एवं विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको जनाउँदै आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका  सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो ।