काठमाडौं । निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो ।
जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो ।
सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ ।
आयोगले यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नाे दल दर्ता गर्न आव्हानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा