एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कुशिनगर जिल्लामा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार मृत्यु हुनेमा महिला तथा बालबालिका पनि छन्।
अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार राति एक विवाहमा सामेल हुन गएका मानिसहरु पुरानो इरानमाथि काठको फल्याकमा बसेका थिए।
धेरै मानिस बसेपछि फल्याक भाँच्चिएर उनीहरु इरानमा खसेमा थिए। घटनापछि तत्कालै उनीहरुलाई अस्पताल पुर्याइएको थियो। घटनामा परी घाइते भएकामध्ये दुईजनाका अवस्था गम्भीर छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। कुशिनगरका मेजिस्ट्रेटले मृतकका प्रत्येक परिवारलाई ४-४ लाख रकम उपलब्ध गराइने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ फागुन २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित