काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् ।
उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् ।एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप