काठमाडौं । एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ । जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ । 'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस) ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ',राईले भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्यस विषयमा हालसम्म कुनै औपचारिक निर्णय नगरे पनि मतदान गर्नुपर्ने अवस्थामा विपक्षमा नै मतदान गर्ने निर्णय हुने प्रवल सम्भावना छ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता