काठमाडौं । एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ । जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ । 'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस) ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ',राईले भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्यस विषयमा हालसम्म कुनै औपचारिक निर्णय नगरे पनि मतदान गर्नुपर्ने अवस्थामा विपक्षमा नै मतदान गर्ने निर्णय हुने प्रवल सम्भावना छ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै