राप्रपा प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावको विपक्षमा

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १९ : ५२
राप्रपा प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावको विपक्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ । 
सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा राप्रपा उभिएको हो ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।
प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस