काठमाडौं । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो ।
‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह