काठमाडौं । बैंकको व्याजदर वृद्धि र राजनीतिक तरंगले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आज १०१.२४ अंकले सेयर बजार घटेको छ । ३.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७००.२८ झरेको हो ।
२ सय २७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६६९ कित्ता सेयर खरिदबिक्री भएको छ । आज ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार रूपैयाँको सेयर किनबेच भएको हो ।
सबैभन्दा धेरै अपर तामाकोशीका सेयर घटेको छ । कारोबार भने सबैभन्दा धेरै भएको छ । सेयर मूल्य ८.३७ प्रतिशतले घट्दा पनि अपर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९ सय रुपैयाँको सेयर कारोबार भयो । गत शुक्रबार मात्रै नेपाल बैंकर्स संघले व्याजदर वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो