काठमाडौं । राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले बताए ।
‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने ।
केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा