काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भएपनि आरोप भने आफुलाई लागेको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरेका छन ।
२७ औं ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको प्रस्टाएका हुन ।
‘कतिसम्म दुषप्रचार गरियो भने सदनको बैठक प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्,’ प्रचण्डले भने, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा भन्नु भयो, प्रचण्डलाई जनतालाई भनिदिनुहोस– बैठक मेरो आग्रहमा स्थगित भएको हो, सञ्चारमन्त्रीले हाम्रै अगाडी सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाउनु भयो, प्रचार चाँही मैले गरेको भनेर आयो ।’ उनका अनुसार सशष्त्र युद्ध सुरु गरे देखी नै माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गराउन लागिपरेको र त्यो क्रम अझै रोकिएको छैन ।
‘जनयुद्ध सुरु गर्दा देखी नै आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने अनेक षडयन्त्र भएका थिए, नेतृत्वलाई सम्पुर्ण रुपमा सखाप पार्ने भनेर टाउको काटने र झोलामा ल्याउने कुरा देख्यौं, भोग्यौं तर जनताको त्याग र बलिदानको प्रतिवद्धता अनुसार परिवर्तनको कारक बन्न हामी सफल भयौं,’ प्रचण्डले भने, ‘अहिले पनि नेतृत्वलाई बदनाम गराउन संघर्ष भिन्न रुपमा जारी छ, यो परिवर्तन उपलब्धी उल्टाउन नेतृत्वलाई के गरी बदनाम गराउन र सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन, एउटा बर्ग यही अभियानमा छ ।’ उनका अनुसार माओवादी नेतृत्वलाई कमजोर पार्न र बदनाम गराउन लागि परेको सो बर्गले एउटा मनशायले गरेको कामलाई अर्को मनशायले व्याख्या गरेर निरन्तर आक्रामण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’