काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गरेका हुन् ।
अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ “परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ । नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ । नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ ।
जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो । ”
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको जनाउँदै सन्देशमा अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरे ।
उनले जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न सन्देशमा विशेष अनुरोध गरेका छन् ।
उहाँले परिवर्तनका निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले जनयुद्धका क्रममा बेपत्ता पारिनुभएका योद्धा, घाइते योद्धा र परिवारजनप्रति सन्देशमा सम्मान प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ : प्रचण्ड
राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
चिप्लिएर बाथरुममा लडेका माओवादी अध्यक्ष प्रचण्डको अवस्था सामान्य
अर्थमन्त्री पौडेलले भेटे प्रचण्ड, आगामी बजेटबारे छलफल
दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड
‘प्रचण्ड’ले कुलमानलाई हटाएर लोकलाई नै लज्जित पारेको भनेपछि समर्थनमा कान्छारामले उठाए हात