काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।
प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज हुनेछ । उक्त नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल फाउन्डेसनले हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित