कुन एसपीलाई कहाँ सरुवा गरियो ? हेर्नुहोस् सरुवाको सूची

आइतबार, २३ बैशाख २०७५, १५ : २७
कुन एसपीलाई कहाँ सरुवा गरियो ? हेर्नुहोस् सरुवाको सूची

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एकै पटक ७९ एसपीको सरुवा गरेको छ। २४ वटा जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन् ।
प्रधान कार्यालयले आज निकालेको सरुवाको सूची अनुसार नमहानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा अशोक सिंह आएका छन् । त्यस्तै, कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङ आएका छन् भने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा उमेश राज जोशी आएका छन् । चितवनमा सुशील सिंह राठौर सरुवा भएका छन् भने भक्तपुर हिमालय श्रेष्ठ आएका छन् ।
यसैगरी, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठ पुगेका छन् ।

कुन एसपीलाई कहाँ सरुवा गरियो ? हेर्नुहोस् सरुवाको सूची l

प्रतिक्रिया दिनुहोस